शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका 

खोज तलास प्रदेश नम्बर ५ मुख्य समाचार

  शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका 

  प्रेम सुनार

गुल्मी, कार्तिक १७ ।  शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागमको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ बर्षिया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कार पछि हत्या भएको आशंका गरेका छन । चन्द्रकोट गाउँपालिका–४ डाँडाबन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमा सहित शान्तिपुरको  श्रीलंकाटोलमा  डेरामा बस्दै शान्तिपुरको उदय मावि कक्षा ९ मा पढ्दै आएकी थिईन् । 

  विहिबार विहानै देखि घर देखि पारी पट्टि खेतमा आमा सहित  धान झाँट्ने काम गर्न गएी थिईन । साथमा सातआठ जना पुरुष पनि रहेको बताईन्छ ।  काम गर्ने थलोबाट खेतलालाई सुर्ति किन्न भनि पसल हिडेकी दिउँसो करिव साढे ११ बजे देखि अज्ञात देखिन्छ । आमा धनमायाँ भन्छिन –‘ दिउँसो त्यस्तै ११ बजेतिर काम गर्ने मान्छेलाई सुर्ति किन्न भनि पठाएँकी थिएँ तर फर्केर आईन ।  धेरै बेर नआए पछि कोठा नजिकैका मानिसहरुलाई फोन गरेर पनि सोधे । देखेनौं भने , पसलमा सोध्धा सुर्ति किनेर लगेर गएको भन्ने सुने ।  उ पक्कै पोईला गई भन्ने ठानेर राती कतै खोज्न गईन ।

 अहिले विहान खोलामा यस्तो अवस्थामा देख्नु प¥यो । उनले छोरीलाई कसैले बलात्कार गरेर हत्याा गरेको आशंका गरिन् । त्यस्तै मनिषाकी दिदी सिता बस्यालले बहिनीको बलात्कार पछि हत्यानै भएको तर एक जनाले नभई धेरै जनाले त्यसै गरेको आफुलाई लागेको बताईन । शान्तिपुरको उदय माध्यामिक बिद्यालयमा मनिषा संगै कक्षा ९ मा पढ्ने  र निकै मिल्ने साथी जुना राना भन्छिन मनिषा संग कुनै केटा संग नजिकको सम्बन्ध थिएन । हामी संगै हिड्ने  दुख सुख बाँडने गर्दथ्यौं । उ एकदम सोझी केटी हो । उसलाई कसैले बलात्कार गरेर मारेर फालेको हुनु पर्छ । 

 मृतककी आमाका अनुसार मनिषाले त्यस दिन सधै भलिभल  खेल्दा लगाउने हाफ पाईन्ट पहेलो टिर्शट लगाएर गएकी थिईन । खोलामा भेटिएको शवमा उनको  पेट देखि तल कुनै कपडा छैन । माथी टिर्शट छाती देखि माथी गलामा पुगेको छ । उत्तानो परेको अबस्थामा रहेको शव क्यामरामा कैद गर्न नमिल्ले रहेको छ ।  श्रीलंका टोलस्थित शान्ति थापाको पसलमा आएर सुर्ति किनेर गएको थापाले बताईन । हाफ पाईन्ट र माथी पहेलो टिर्शट  लगाकी थिई । सुर्ति बोकेर उ त्यही चोकबाट उता खेततिर गएकी हो ’–थापाले भनिन् । 

  घटनास्थल माथी झोला भेटियो 

 जनप्रतिनिधी र प्रहरीले घटना स्थल तल माथी दायाँ बायाँ हेर्दै जाँदा शव भेटिएको करिव ३ सय मिटर माथी उत्तर तर्फ खोलाको छेउँमा पछाडी बोक्ने एउटा झोला भेटिएको छ । एकान्त बसेको वारीपारीकाले नदेखिन्ने खाल्डो खेतको गराको कुनामा उक्त झोला भेटिएको हो ।  झोला माथी ढुङ्गा राखिएको छ । प्रहरीले त्यसलाई बरामद गरेको छ । 

 प्रहरीले त्यसलाई खोली सकेको छैन  । घटना स्थलमा पुगेका चन्द्रकोट –६ का  पुर्व वडाध्यक्ष गोकर्ण प्रसाद शर्मा भन्छिन यदि त्यो घटना संग सम्बन्धित झोला रहे छ भने  धेरै कुरा त्यसबाट खुल्न सक्छ । 

 उनले यो घटना कसै न कसैबाट करामद नभई घटनै नसक्ने धाराणा राखे । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवाराज खत्री क्षेत्रीले  यो घटना जघन्य प्रकारको अपराधको घटना भएकोले प्रहरीले अनुसान्धानमा तिब्रता दिई छिटो भन्दा छिटो अपराधीलाई पक्ता लगाउनन आग्रह गरेको र त्यस कार्यमा पालिकाले गर्न पर्ने सबै खाले सहयोग गर्ने  बताए । 

  घटनास्थलमा पुगेका त्यस पालिकाका पुर्व अध्यक्ष हाल जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले घटना निकै शंकास्पद रहेकोले प्रहरीले सुक्षम अनुसन्धान गर्न आफुले पनि जोड गरेको र आफुहरुले पनि सघाउने बताए । 

 घटनास्थल मै रहेका जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले भने अनुसन्धान चलिरहेकोले धेरै कुरा भन्न नमिल्ने तर घटना शंकास्पद रहेको भन्ने प्रतिकृया दिए । प्रहरीको टोली घटनास्थल मै छ ।

 शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास  हिडालिएको छ ।  प्रहरीले अघिल्लो दिन धान झाँटने काममा रहेका पुरुष मध्ये दुई जना युवालाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय शान्तिपुरमा राखेको छ ।   शव नजिकबाट नियाल्ने एक जना जनप्रतिनिधीका अनुसार मनिषाको  घाँडीमा निलो डाम छ । 

भाग्ले ठगेकी धनमायालाई चोटै माथी चोट 

धनमाया दलित परिवारकी छोरी हुन । उनको धेरै ठाउँ विवाह भए पनि घर बनेन ।  पहिलो श्रीमानको मृत्यु भएको बताईन्छ । अर्को स्थानमा विवाह भए पनि  त्यहाँ पनि घर बनेन । पछि बाग्लुङ्गको नयाँ बजार स्थित हिराबहादुर रुचाल संग विवाह भए पछि मनिषा सहित तीन छोरी जन्माईन । तर श्रीमानले हेला गरे पछि मनिषा सात बर्षकी हुँदा आफु माईती घर डाँडाबन आएर बस्न सुरु गरेको उनि बताउँछिन ।  धेरै आईमाई संग विवाह गरेर हिड्ने मलाई  कुटपिट गर्ने गरे पछि माईती आएर बसेकी हुँ , पोहरसाल विदेशमा गएर आए पछि मलाई मार्छु भन्दै कुँटन लाग्द त्यही छोरीले बाचाएकी हुँ, धनमायाले रुँदै भनिन अहिले को सत्रु लागे र छोरी खाए । 

  धनमायाकी आमालाई पनि केहि बर्ष अघि हत्या गरेका थिए । आमाको माया माईतीमा नपाएर गत बर्ष देखि उनी शन्तिपुरमा बस्दै निमेक मजदुरी गर्दै छोरी पढाउँदै आएकी थिईन ।  साथीहरु भन्छन मनिषाले धेरै पढेर आमालाई सुख दिने बताउने गर्थिन । उनिहरु नेपाली थरका दलित परिवार हुन । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *