Manisha Kanda Chandrakot

शान्तिपुर मनिषा मृत्यु् प्रकरणः  चन्द्रकोटे महिलाद्धारा बिरोध प्रदर्शन

खोज तलास प्रदेश नम्बर ५ मुख्य समाचार

प्रेम सुनार /कमल खत्री

गुल्मी, कार्तिक १८ । शुक्रबार बिहान गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनालाई बलात्कार पछि हत्या भएको भन्दै बिषयमा चन्द्रकोट गाउँपालिकाका महिलाहरुले शनिबार शान्तिपुरमा बिरोध प्रदर्शन गरेकका छन । शान्तिपुर ईलाका प्रहरी कार्यालयमा जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानलाई ज्ञापनपत्र बुझाउँदै चन्द्रकोट गाउँपालिका महिलाहरुले बिरोध प्रदर्शन गरेका हुन । उनिहरुले बलात्कारीलाई फाँसीदे पीडितलाई न्याय दे जस्ता नाराहरु लगाउँदै  बिरोध प्रदर्शन गरेका थिए ।    त्यस्तै  मनिषा मृत्यु घटनालाई   चन्द्रकोट दलित उत्थान समाजले  पनि चन्द्रकोट ईलाका प्रहरी कार्यालय मार्फत  जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानलाई ज्ञापनपत्र बुझाएका छन ् । समाजकी कार्यबाहक अध्यक्ष खिमा घर्तिको अगुवाईमा पुगेको दलित समुदाईका प्रतिनिधीहरुले घटनाको सुचना पाए लगत्तै अनुसन्धानमा प्रहरीले देखाएको तदारुपताका लागि प्रहरी प्रमुख प्रधानलाई धन्यवाद दिदै यस घटनामा संलग्नहरुलाई यथासिघ्र पक्राउ गर्न आग्रह गरेका थिए ।   ‘चन्द्रकोट  ईलाका प्रहरी कार्यालयको प्रायः चैबिसै घण्टा निगरानी भईरहने शव भेटिएको उक्त स्थान, त्यस माथी दिनको समयमै एउटी बालिका अपहरणमा पर्नु र अर्को दिन बिहान नग्न अबस्था शव भेटिनुले यो घटना अत्यन्तै क्रुरुर  , ज्यादत्तीपुर्ण बलात्कार पछि हत्या भएको हाम्रो संस्थाको ठहर छ ’ ज्ञापनपत्रमा भनिएको छ ।   त्यस्तै यो घटना दलित गरिव परिबारकी बालिका भएकै कारण कुनै अपराधिक ब्यक्ति वा समुहले यौनविलासीताको शिकार भएको ज्ञापनपत्रमा उल्लेख छ ।  मृतकका परिबार आर्थिक  सहित हरेक कुराको पहुँच भन्दा बाहिर रहेकोले प्रहरी प्रशासन सहित संबद्ध सबैपक्षलाई पीडित परिबारको अबस्थालाई मध्ये नजर गर्दै न्याय दिलाई दिन आग्रह गरिएको छ ।  उनिहरुले यो घटनालाई पीडित परिबारलाई आबश्यक सहयोग गर्न र प्रहरी प्रशासन संग सहजिकरण गर्न  चन्द्रकोट दलित उत्थान समाजले आग्रह समेत आग्रह पनि गरेको छ । ज्ञापनपत्र बुझाउँदै समाजकी कार्यबाहक अध्यक्ष खिमा घर्तिले यो घटना जघन्य भएकोले गम्भीर भएर छानविन गरी अपराधीलाई कार्बाहीको दायरमा ल्याउन प्रहरी प्रमुख संग आग्रह गरेकी थिईन ।  समाजका अगुवा रामबहादुर नेपालीले अपरधी जोगाउने चलखेल भए कडा आन्दोलनमा उत्रिने चेतावानी दिए । यसै बिच हामीले उनै समाजकि कार्यबाहक अध्यक्ष खिमा घर्ति सङ्ग यो घटनालाई कसरी लिनु भएको छ भनेर सोधेका थियौ –

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *