म्याद नाघेको समान बेचे कारवाही। आवस्यक परे दिनदिनै अनुगमन गर्छौ। चन्द्रकोट गाउँपालिका

आर्थिक खोज तलास प्रदेश प्रदेश नम्बर ५ बिजनेस मुख्य समाचार स्वास्थ्य

2079-07-01 चन्द्रकोट

चाडपर्वहरु को आगमन संगै चन्द्रकोट गाउँपालिका र उद्योग बाणिज्य संघको सहयोगमा गुल्मी को चन्द्रकोट गाउपालिका शान्तिपुरमा खुलेर रहेका विभिन्न पसलहरुमा अनुगमन सुरु भएको छ।
हिजो मात्र बजारको म्यालरुख सृलकाटोल लगायत बजारका मुख्य पसल हरु मा खाद्यान्न कस्मेटिक होटल लगायत व्यक्तिगत जीवन मा प्रयोग हुने खानेकुराबात जनमानस मा असर नपरोस भन्ने हेतु ले म्याद नाघेका समान हरु पनि हटाइएको थियो।
चन्द्रकोट गाउँपालिका को म्यालरुख सृलकाटोल लाइनमा करिब ३५ ओटा पसलमा हरुमा सचेतना मुलक तथा अभिमुखिकरण लाई निरन्तरता दिँदै बजार अनुगमन गर्दा करिब १६ ओटा पसल हरु दर्ता नभएको भेटियो। करिब 6 ओटा पसल बाट म्याद नाघेको समान बरामद गरी नष्ट गरिएको थियो।
उद्योग वाणिज्य संघ चन्द्रकोट गाउँपालिकाकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको सम्मेजकत्वमा गाउपालिका अधिकृत को टोलि इलाका प्रहरी कार्यालयका सुरक्षा कर्मी पत्रकार सहित को टोली उक्त कार्यक्रम लाइ निरन्तरता दिएको थियो।
चन्द्रकोट गाउँपालिका अदक्ष्य युबराज के सी लगायत अधिकृत ज्युको समग्र टिम ले आगामी दिनहरु मा यो कामलाई निरन्तरता दिने पनि जनाउनु भयो ।
पसल दर्ता नगरी चलाउने हरुका लागि १५ दिन भित्र चन्द्रकोट गाउपालिका भित्र दर्ता गरेर आधिकारिक बनि गुणस्तरयुक्त समान खरिद तथा बिक्रि गर्न समेत अनुरोध गरेको छ।

Some Phots :

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *