Bhajan

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

खेलकुद प्रदेश नम्बर ५ मनोरंजन


कार्तिक 4 चुरामणि तिमिल्सिना

रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।

सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान , असल बुहारी सम्मान , उत्कृष्ट बिद्यार्थी सम्मान दाता सम्मान , दुना टपरी प्रतियोगिता शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता , विभिन्न पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लि. का अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।

साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै शिखा शुत्र प्रतियोगिता ८ बर्स देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका ४, ५ र ६ वडा सम्म्का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ र २ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १र २ का जेष्ठ नगरिक संमान गरिने छ।

साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।

रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झना गर्दै श्रीमत भागवत महापुराण पाठपारायण बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *