नेपाली बने नान्डोस रेस्टुरेन्टबाट मास्टर ग्रीलर २०२४ का बिजेता

खेलकुद News आर्थिक खोज तलास प्रविधि

Rishi Bishwokarma
ऋषि बिश्वकर्मा – दोहा कतार
22 – April – 2024
नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता नेपाली बनेका छन ।
लम्जुङ्गका सुसिल पोखरेल २०२४ का बिजेता भएका हुन । १२ रेस्टुरेन्टका १३ प्रतिस्पर्धी मास्टर ग्रीलरलाई पछी पार्दै कतार देशको राजधानी दोहा शहरको नान्डोस रेस्टुरेन्ट बाट मास्टर ग्रीलर २०२४ बिजेता भएका हुन । दोहा शहरको बिन ओमरान नान्डोस रेस्टुरेन्टमा हिज अर्थात २२ अप्रिल २०२४ को दिन अन्तिम प्रतियोगिता भएको थियो ।


लम्जुङ्ग घर भै हाल दोहालाई कर्म थलो बनाउदै आएका सुसिल बिगत १० बर्ष देखी नान्डोसमा शेफ काम गर्दै आएका थिय । बिजेता सुसिलले दक्षिण अफ्रिका बाट आउनु भएका प्रमुख अतिथि – Magnus – L & D Manager
Nadira-india Middle East Africa Head, Kiri-Sop Head IMEA & Joy-International Master Coach बाट मेडल, प्रमाणपत्र , नगदन राशि रु १ लाख १० हजार प्राप्त गरेका छन । साथै विशिष्ट अतिथि
Oryx Group for Food Services nando’s का व्यवस्थापन General Manager – Vyanktesh Jaiswal, Operations-Balu Subramonian,Training Cyrus Roque लगाएत सम्पूर्ण नान्डोस परिवारको उपस्थित रहेको थियो ।
दक्षिण अफ्रिकाको फ्रान्चाइज रेस्टुरेन्ट नान्डोस २००१ देखी दोहाको बिभिन्न शहर हरुमा पेरी-पेरी फ्लेम ग्रील्ड चिकन ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । विभिन्न राष्टका ३५० भन्दा बढी कर्मचारी रहेका यस रेस्टुरेन्टमा रहेक बर्ष हुने मास्टर ग्रीलर प्रतियोगितामा बिगतका बर्ष देखी नेपाली नागारिक बिजय हुँदै आएका छन । २०२३ का बिजेता काभ्रेपलान चोकका बिष्णु गुरुङ्ग भएका थिय । यहा बिजेता भए पछी फेरी अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागी बाहिर देश जानु पर्ने हुन्छ । रोजगारी सँगै यहाँका कर्मचारी लाइ राम्रो अवसर पनि दिदै आएको छ । यहि वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा ३२ राष्टका प्रतिस्पर्धि संग अन्तिम प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। दक्षिण अफ्रिकाको बोत्सवाना भन्ने देशमा अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *