edv

अनलाइन फाराम भर्न नजान्नेहरू पनि अमेरिका जाने लाइनमा

आर्थिक प्रदेश बिजनेस मुख्य समाचार शिक्षा

ईडिभी फारम मोबाइलदेखि आफै भर्न मिल्छ र सजिलो पनि छ तर त्यति सामान्य फारम भर्न पनि नजानेर अमेरिका जाने सपना देखेर फारम भर्न लाइनमा लाउने मानिसको कमि छैन। शिक्षित मानिसले पनि सामान्य फारम भर्न नजान्नु भनेको दुखको कुरा हो।
तर दुखको कुरा त् के छ भने सामान्य तरिकाले अनलाइन देखि भर्ने फारम पनि भर्न नजानेर ईडिभी फारम भर्न मानिसहरु लाइन लाउने गरेका छन्।
केहि नगरी अमेरिका जान पाउने भएपछि डिभी भर्नेको संख्या दिन दिने बढेको छ।ईडिभी परेर अमेरिका गएका मानिसहरूले सजिलै काम तथा अन्य विभिन्न सुविधा पाउने भएपछि यसतर्फ धेरैको आकर्षण हुने गरेको छ ।
निशुल्क भारिने फारमलाई हामीले पैसा तिर्नु परेको छ। त्यो मात्र नभएर आफ्नो विवरण अरुलाई दिदा विवरणको दुरुपयोग हुने उत्तिकै जोखिम हुन्छ ।

हामीले भरेको फारम साइबरले सुरक्षित नराखेमा भोलि गलत व्यक्तिले हाम्रो विवरण पाएमा हामीलाई डीभी पर्यो यति पैसा बुझाउनुहोस भन्ने खालको मेल गरि पैसा लुट्ने उत्तिकै जोखिम हुन्छ। त्यसैले हामि सचेत हुनु पर्छ भने हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्नु जरुरि छ।
Source : Chhadke News

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *