Manisha Rape Case Gulmi Shantipur

शान्तिपुर मनिषा मृत्यु प्रकरणः मुस्लीम धर्मगुरु प्रहरीको निगरानीमा

खोज तलास मुख्य समाचार


प्रेम सुनार (कमल खत्री)

गुल्मी, कार्तिक १८ । शुक्रबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनाबारे अनुसन्धन गरिरहेको प्रहरीले शान्तिपुरस्थित मुस्लिमहरुका एकजना धर्मगुरु माथी निगरानी बढाएको छ ।
शान्तिपुर बजारमा रहेको मद्रासा गुल्सानी मदीनाका कुरान प्रशिक्षक ( धर्म गुरु ) रहिस खान प्रहरीको निगरानीमा परेका हु्न । उनी सहित त्यहाँका केहि मानिसलाई प्रहरीले अघिल्लो दिन नै सोधपुछका लागि प्रहरीले शान्तिपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएको थियो ।
उनलाई प्रहरीले हिरासदमा मात्रै लिएको छैन , मद्रासा समेत शनिबार शिल्ड गरेको छ । विहिबार दिउँसो करिव ११ बजेतिर शान्तिपुरको श्रीलंका टोलमा आमा सहित डेरा गरी बस्ने मनिषा घर नजिकैको खेतमा धान झाँटने काममा गएकी थिईन । त्यही ठाउँबाट उनकी आमा बाटुुले भन्ने धनमायाले खेतलाहरुलाई सुर्ति किन्न पठाए पछि उनी वारी श्रीलंका टोलकी शान्ति थापाको घरमा सुर्ति किनेर फर्केकी थिईन ।
थापाले भनिन –‘सुर्ति किनेर उति बेलै फर्केकी हुन । ’ उनी फर्केको ठाउँ देखि त्यस मद्रासा सम्म उनि पुगेको सिसिटिभीबाट प्रहरीले पत्ता लगाएको जनाएकोृ छ े । त्यस पछि उनको अबस्था अज्ञात बनेको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमु्ख एसपी नविनकिशोर प्रधान र प्रहरी निरीक्षक किरान सापकोटा सहितको टोली शान्तिपुर मै खटेको छ ।
अधिकारकर्मीको एक टोली शान्तिपुर ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । उनिहरु संग प्रहरी प्रम्ुख प्रधानले यस्तो बताएका थिए–‘ आफु राती आठ घण्टा सम्म नसुतेर सिसिटिभी फुटेज हेरको र श्रीलंका टोलकी शान्ति थापाको घर देखि पुल नजिकको मद्रासा सम्म मनिषा आएको देखिएको त्यस पछि उनको अबस्था अज्ञात रहेको बताएका थिए । तपाईहरु चिन्ता नगर्नुस हामी खट्नु खेटेका छौं र अनुसन्धानको करिव नजिक नजिक पुगेका छौं तर यति दिन नभनौं टुङ्गोमा पु्ग्न केहि दिन लाग्न सक्छ । ’
त्यसको केहि घण्टा पछि प्रहरी त्यस मद्रासामा पुगेर चारैतिर शिल्ड गर्दै र ढोकाहरु समेत बन्द गर्दै अनुसन्धान सुरु गरेको थियो । मद्रासाको ठिक अगाडी पटक पटक हुग्दीखोला किनार तर्फ ईङ्गित गर्दै प्रहरीले समातेका खान संग केरकार गरिरहेका थिए । मद्रासाको अगाडी देखि उत्तर तर्फ खोलाको दुई ढुङ्गा पछाडीको बगरमा फिताले दुरी नापिरहेका थिए । जुुन सुख्खा बगरबाट केहि सामग्री समेत प्रहरीले बरामद् गरिरहेका थिए । मद्रासाको ठिक अगाडीको खोला किनारबाट पनि प्रहरीले विभिन्न शंकास्पद वस्तु उठाएको थियो ।
प्रहरीले चन्द्रकोट गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर बस्नेतलाई पनि रोहबरमा राखेर अनुसन्धान गरिरहेको थियो । केहि बेरपछि त्यस स्थानमा गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीलाई पनि बोलाईयो । प्रहरी प्रमु्ख प्रधानले उपाध्यक्ष भण्डारी संग घटनाको ब्रिफिङ्ग गरिरहेको देखिन्थ्यो । मनिषाले किनेको दुई वटा सुर्तिका पोका मद्रासा नजिकै भेटिएको वडाध्यक्ष बस्नेतले बताए । प्रहरीले भने पछिल्लो प्रतिकृया दिएको छैन । मनिषा उदय मावि कक्षा ९ मा पढ्दै थिईन । उनि त्यस दिन हाफपाईन्ट र माथी पहेलो टिर्शट लगाएर गएकी थिईन । तर शव फेला पर्दा उनको तल्लो पेट र माथी घाँटी देखि तल निर्बस्त्र भेटिएकी थिईन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *