लोकदोहोरीमा जमेको जोडी बबिता बनिया र शंकर छेत्रीको डिर्भोस !

खोज तलास मनोरंजन

नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता र शंकरले सम्बन्ध बिच्छेदका लागि काठमाडौँ जिल्ला अदालत धाइरहेको दृश्य समेत बाहिरिएको छ । कुनै समय सँगै मर्ने सँगै बाँच्ने भनेर एक भएको यो दृश्यले उनीहरुका फ्यानको मन चुँडिन सक्छ ।

अदालतबाट बाहिरिँदा गायिका जेरी निकै निराश देखिएकी थिइन् । उनीहरु बिहिबार सम्बन्ध बिच्छेदका लागि काठमाडोँ जिल्ला अदालत पुगेको भएता पनि निवेदनको ढाँचा नमिलेको भन्दै बिहिबार उनीहरु फर्किएका थिए । यस विषयमा बबिताले आधिकारिक रुपमा केही नबताए पनि बबिताले अदालत गएको दिन केही प्राविधिक कारणले काम नसकिएको भन्दै फेरी अर्को दिन जानुपर्ने भएको बताएकी थिइन् । हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो



0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *