गुल्मीमा दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप

खोज तलास प्रदेश नम्बर ५ मुख्य समाचार शिक्षा

सूर्य सुनार असोज ३० गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहि समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको हो ।

दशैं पछि कार्यालय खुलेसंगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट प्रतिदिन १६४ नयाँ नागरिकता, ५३ प्रतिलिपी र ५ वटा नाबालक परिचय पत्र गरी २२२ जनालाई सेवा दिइएको छ ।
नयाँ नागरिकता संगै प्रतिलिपी बनाउनेको संख्या पनि बृद्धि भएकाले प्रशासनमा भिड् बढिरहेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो
जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभाव रहेको हुँदा अन्य कार्यालयबाट कर्मचारी ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने तयारी प्रशासन कार्यालयको रहेको छ । नागरिकहरुको सेवाको लागि विहान वेलुका अतिरिक्ता समयमा पनि कार्यालय संचालन मंगलवारदेखी गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्रहीहरुले लामो समय सम्म लाइनमा बस्दा समस्या भएको बताएका छन् । प्रशासनमा एक दिनमै काम सम्पन्न नहुँदा होटलमा बस्नुपर्ने जस्ता समस्या भएको सेवाग्रहीहरुले गुनासो गरेका छन् ।
दशैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । प्रशासनमा दसैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ । जिल्लामा दसैँअगाडीबाट नै धेरैथोरै भिड भएपनि बिहीबारबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *